जिल्ला प्रहरी कार्यलय तनहुँले चालु आर्थिक बर्षको दश महिनामा १ सय २१ जना फरार प्रतिवादी पक्राउ परेका छन् । साउनदेखि बैशाख महिनासम्मको अवधिमा विभिन्न मुद्धामा फरार हुदै आएका प्रतिवादी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महिला १६ र पुरुष १ सय ५ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्लमा ७ सय जना फरार प्रतिवादी अझै पक्राउको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ मुद्वा शाखाका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । फरार हुदै आएका प्रतिवादीको खोजतलासका लागि तनहुँ प्रहरीले निगरानी बढाउँदै आएको बताइएको छ ।
पक्राउ परेका फरार प्रतिबादीबाट १७ बर्ष ३महिना १९ दिन कैद भुक्तान भएको छ । प्रहरीले फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट कैद भुक्तानका लागि आदेश भएको हो ।
उहाँका अनुसार पक्राउ गरिएका प्रतिवादीबाट रु ३४ लाख ८९ हजार छ सय अठ्ठाइस राजश्व संकलन भएको छ ।
त्यसैगरी अवैध नदिजन्य उत्खन्नमा संलग्न असी वटा सवारी साधान पक्राउ गरी कारबाहीका लागि संम्बन्धित पालिकामा पठाइएको छ । उनीहरुबाट रु दश लाख बहत्तर हजार जरिवाना असुली भएको छ ।
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ६६.७८ क्युफिट अवैध सालको काठ बरामद गरी कानुनी कारवाहीका लागि डिभिजन बन कार्यालयमा पठाएको प्रहरी निरीक्षक बताउनुभयो ।
जबरजस्ती करणीका सोह्र,कर्तव्य ज्यानका नौ र मानव बेचबिखन तथा ओसारपसार उद्योगका एक गरी जघन्य प्रकृतिका २६ वटा मुद्धा दर्ता भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाहीले बताउनुभयो ।
त्यसैगरी जुवातासका बाह्र वटा मुद्धा दर्ता भएकोमा एक महिलासहित एक सय तीन जनालाई पक्राउ गरेको थियो । उक्त जुवाखालबाट रु दश लाख तीन हजार चार सय पाँच रकम बरामद भएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।
