खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले तनहुँ र नवलपुर दुई जिल्लाा गरी तीस हजार आठ सय चौविस घरधुरीमा एक घर,एक धारा जडान गरेको छ । गण्डकी प्रदेश सरकारको एक घर,एक धारा अभियान अन्र्तगत उक्त संख्यामा धारा जडान गरिएको हो । 
नवलपुरमा सत्ताइस हजार छ सय चौविस र तनहुँमा तीन हजार दुई सय घरधुरीमा धारा जडान गरिसकिएको कार्यालय प्रमुख एवं सिनियर डिभिजन इन्जिनियर शम्भुराज खनालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारको एक घर,एक धारा अभियान सुरु हुनु अगावै नवलपुरमा कार्यक्रम अघि बढाएका कारण तनहुँको तुलनामा धेरै घरधुरीमा पानी वितरण गरेको हो । 
समुदाय नै खानेपानीबाट बञ्चित हुनु परेको छैन्,लामो दूरीमा रहेका एकाध दुई घरमध्ये खानेपानी सुविधा पुराइएको छ,उहाँले भन्नुभयो “थोरै घरपरिवारका लागि धेरै लगानी गर्नु पर्ने भएकाले त्यस्ता क्षेत्रका काम अघि बढाइएको छैन् ।”   
चालु आर्थिक बर्ष मात्रै दुई जिल्लामा गरी चार हजार पाँच सय घरधुरीमा एक घर,एक अभियान अन्र्तगत खानेपानी सेवा पु¥याइएको सो कार्यालयले जनाएको छ । 
त्यसैगरी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर गरी दुई  जिल्लाका पचपन्न वटा खानेपानी उपभोक्ता संस्थालाई विद्युत महसुलमा अनुदान रकम भुक्तानी गरेको छ । 
आर्थिक बर्ष २०८०÷२०८१ को जेठ महिनादेखि आर्थिक बर्ष २०८१÷०८२ को पुससम्म रु.५५ लाख ३८ हजार नौ सय रकम भुक्तानी गरिसकिएको कार्यालयका लेखापाल चिजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसबर्षको माघ महिनादेखि बैशाखसम्मको महसुल भुक्तानी गर्नेछ भने जेठ र असार दुई महिनाको आगामी बर्षमा भुक्तानी गरिने सो कार्यालयले जनाएको छ ।