दलित उत्थान समन्वय समिति म्याग्देले यहाँका नौ जना दलित विद्यार्थीलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०८१ मा कक्षा १२ मा उत्कृष्ट अंक ल्याइ पास भएका म्याग्दे गाउँपालिकाभित्रका विद्यार्थीलाई सम्मान गरेको हो ।

विद्यार्थीलाई थप हौसला प्रदान गर्नका लागि समितिले सम्मान कार्यक्रम राखेको जिल्ला समन्वय समिति सदस्य एवं छनोट समितिका संयोजक डोलबहादुर सुनारले बताउनुभयो ।

सम्मानित हुनेमा उत्सव लोहनी,बीरेन्द्र नेपाली,करुणा अच्छामी,सुबिर अच्छामी,बिश्वास सुनार,सिर्जना नेपाली,मंगली सार्की,सदीक्षा कोइराला,साजन बिक रहेका छन् ।

म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले विद्यार्थीलाई नगद रु.दुई हजार,दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभयो ।