द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, दमौलीले ‘𝙏𝙝𝙚 𝙎𝙘𝙝𝙤𝙡𝙖𝙧𝙨𝙝𝙞𝙥 𝘿𝙖𝙮’ शैक्षिक मेला गर्ने भएको छ । आगामी जेष्ठ १७ गते शनिबार व्यास–२, गणेशमान चोक,स्थित आफ्नै कार्यालय भवनमा विशेष शैक्षिक मेला ‘𝙏𝙝𝙚 𝙎𝙘𝙝𝙤𝙡𝙖𝙧𝙨𝙝𝙞𝙥 𝘿𝙖𝙮 आयोजना गर्ने भएको हो ।
कार्यक्रम बिहान ११ बजे देखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ। मेलामा अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, डेन्मार्क, दुवई लगायत विभिन्न देशका शिक्षा प्रणाली, भिसा प्रक्रिया, छात्रवृत्ति अवसरहरू, तथा अध्ययनपछिको रोजगारी सम्भावना सम्बन्धी विस्तृत जानकारी प्रदान गरिनेछ।
विभिन्न प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधिहरूको उपस्थिति रहने यस कार्यक्रममा विद्यार्थीहरूले प्रत्यक्षरूपमा युनिभर्सिटी प्रतिनिधिहरूसँग भेटघाट गरी कुन देश र युनिभर्सिटी उपयुक्त हुन्छ,कति छात्रवृत्ति पाउन सकिन्छ ,आवेदन प्रक्रिया कस्तो हुन्छ , 𝙄𝙀𝙇𝙏𝙎 मा उच्च अंक ल्याउने तरिका , करिअर योजना कसरी बनाउने बारेमा विस्तृत जानकारी पाउनेछन्।
कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूका लागि निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुने द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, दमौली शाखाले जनाएको छ ।