पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृ;त्यु भएको छ ।मृ;त्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जनाकारी दिनुभयो ।
दमौलीबाट पोखरा तर्फ जादै गरेको ग २ च ५७६० नं को बलेरो रेलिङ भत्काएर मादी नदीमा ख;सेको अधिकारीले बताउनुभयो ।
दुर्घट;नामा दुई जना घाइ;ते भएका छन् । घाइ;तेमध्ये एक जनाको प्रदेश अस्पताल दमौली र एक जनाको थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ । जिपमा पाँच जना सवार रहेको प्रहरीले जनएको छ ।
