त्रिभुवन विश्वविद्यालयद्धारा संञ्चालित स्नताक तहको परिक्षा केन्द्र परिर्वतन बारे स्वतन्त्र विद्यार्थी युनियन अदिकवि भानुभक्त क्याम्पस दमौली र स्वतन्त्र विद्यार्थी युनियन आँबुखैरेनी क्याम्पस द्धारा संयुक्त रुपमा ज्ञापनपत्र पत्र बुझाएका छन् । शुक्रबार परिक्षा नियन्त्रण कार्यलयका प्रमुख पुष्पराज जोशीलाई स्वतन्त्र विद्यार्थी युनियन आदिकवि भानुभक्त क्याम्पस दमौलीका सभापति अनुप आले मगर र स्वतन्त्र विद्यार्थी युनियन आँबुखैरेनी क्याम्पस आँबुखैरेनीका सभापति निसान मगरले उक्त ज्ञापनपत्र बुझाएका हुन्।
विद्यार्थीहरुले अध्यान गर्ने क्याम्पसको आसपासमा परिक्षा केन्द्रको व्यवस्थापनको माग गर्दे ज्ञापनपत्र बुझाएको स्वतन्त्र विद्यार्थी युनियन अदिकवि भानुभक्त क्याम्पस दमौलीका सभापति अनुप आले मगरले जनाकारी दिनुभयो । विगतका वर्षहरुमा सबै परिक्षार्थीलाई अनुकुल स्थानमा परीक्षा केन्द्र रहेको तर सो अघिल्लो वर्ष देखि परिर्वतन गरीएको बारेमा ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको उहाँले जनाकारी दिनुभयो ।
सो ज्ञापनपत्र यस वर्षपनि स्नातक तह चौथो वर्षको परीक्षा समाप्त भैसकेको तथा आगामी परीक्षालाई समेत ध्यानमा राखी विद्यार्थीको शारिरीक, मानसिक तथा आर्थिक अवस्थालाई मध्येनजर गर्दै तनहुँ र आसपासका जिल्लामा रहेका क्याम्पसका परीक्षार्थीहरुलाई समेत अनुकुल हुने गरी परीक्षा केन्द्रको व्यवस्थापनको लागि ध्यानकर्षण गराउन चहान्छौँ उल्लेख गरिएको छ ।
