नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले जिल्लाभित्र सञ्चालित सञ्चारमाध्यमको अभिलेखीकरण गर्ने भएको छ । जिल्लाबाट सञ्चालित छापा, अनलाइन, रेडियो, टेलिभिजनको अभिलेखीकरण गर्न लागिएको हो ।
शाखाका अध्यक्ष धनपति ९डिपी० अधिकारीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले सबै सञ्चारमाध्यमलाई आवश्यक कागजपत्र बुझाइदिन आग्रह गरेको छ । सञ्चारमाध्यमको एकिन विवरण नहुँदा समस्या परेकाले जेठ १० गतेभित्र महासङ्घको कार्यालयमा वा इमेल ालवतबलबजगल२नmबष्।िअयm मार्फत् आवश्यक कागजात ९सूचना विभाग दर्ता, प्रेस काउन्सिल सूचीकृत, नवीकरण, पान नम्बर, करचुक्ता विवरण लगायत० माग गर्ने निर्णय भएको छ ।
यस्तै बैठकले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको परिपत्र अनुसार तीन वर्षको सदस्यता नवीकरणका लागि आवश्यक रकम बुझाउन आग्रह गर्ने निर्णय गरेको छ ।