तनहुँको भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा भानु नगरस्तरीय खेलकुद विकास समितिको आयोजनामा भानु नगरपालिका–२ स्थित गोठेरी चौरमा दोस्रो नगरस्तरीय मेयर र उप–मेयर कप २०८१र८२ तथा जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सुरु भएको छ।
ूस्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुदू भन्ने नारासहित प्रतियोगिता बैशाख २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने नगरपालिकाका प्रवक्ता एवं वडा नं। ८ का वडा अध्यक्ष ईश्वरबहादुर घिमिरेले जानकारी दिनुभयो । यस्तै, बैशाख २७ गते जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल खेल, महिला भलिबल तथा महिला म्याच घुमाई कार्यक्रम पनि आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो ।
खेलको माध्यमबाट आपसी सद्भाव र स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको खेलकुद विकास समितिका संयोजक एवं वडा नं ३ का वडाअध्यक्ष तुलबहादुर गुरुङले बताउनु भएको छ। कार्यक्रमको उद्धघाटन गर्नु हुँदै प्रमुख अतिथि भानु नगरपालिका उप(प्रमुख उमा गोतामेले कार्यक्रम बारे जानकारी दिँदै शुभकामना व्यक्त गर्नुभएको नगरपालिकाका आई टि अफिसर राजिव घिमिरेले जानकारी दिनुभयो ।
