लायन्स क्लब अफ तनहुँ सत्यवतीले तनहुँको एक बिद्यालयलाई स्टेचर सहयोग गरेको छ । गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठले उपलब्ध गराएको स्टेचर क्लवकी अध्यक्ष पवित्रा खनाल मार्फत व्यास ५ चिन्तुटारमा रहेको सुक्र आधारभुत बिद्यालयका प्रअ टिकाराम दाहाललाई हस्तान्तरण गरिएको हो ।
व्यास ५ का अध्यक्ष हिमाल श्रेष्ठले त्यस वरपरका मानिसहरू बिरामी पर्दा तत्कालै आवस्यक पर्ने स्टेचर अभाव भएको जानकारी गराएपछि लायन्स क्लवले सहयोग गरेको क्लवकी अध्यक्ष पवित्रा खनालले बताइन् । स्टेचर सहयोगले कोही बिद्यार्थी वा अन्य वरपरका स्थानीय बिरामी पर्दा बोकेर लान सजिलो हुने भन्दै सहयोगी संस्थालाई बिद्यालयका प्रअ दाहालले धन्यवाद दिएका थिए । उक्त क्लबले विभिन्न सामजिक कार्य गदै आएको छ ।