तनहुँको ब्यास न पा वडा नं ४ जलदेवि टोल स्थित सडक छेउमा बे;वारिसे अवस्थामा एक पुरुष शुक्रबार भेटिएको थियो ।
यकिन नाम थर वतन नखलेको अं ४०÷४५ बर्ष पुरुषलाई उद्दार गरी उपचारको लागि प्रदेश अस्पताल दमौली लगिएकोमा उक्त पुरुषको मु;त्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँका सुचना अधिकारी अशोक थापाले जनाकारी दिनुभयो । उहाँका अनुसारयकिन नाम थर वतन नखुलेको खैरो रंङको ज्याकेट, निलो रङको पाईन्ट लगाएको, उचाई ५ फिट ६ इन्च भएको पुरुषको श;व तनहुँको श;व गृहमा राखिएको र हालसम्म पनि उक्त श;वको सनाखत हुन नसकेकोले थापाले बताउनुभयो । सो हुलिया भएको मानिसलाई कोहि कसैले चिन्नु भएको भए जिल्ला प्रहरी कार्यालय, तनहुँ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यलय तनहुँले अनुरोध गरेको छ ।
