व्यास नगरपालिका वडा नं २ वडा कार्यलयको आयोजनामा एक महिने आधारभुत वारिष्ता तालिम सम्पन भएको छ। गत फागुन ११ गतेबाट सुरु भएको तालिमको शुक्रबार सम्पन भएको हो ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष काशीराम श्रेष्ठले वारिष्ता पेशाले थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने बताउनुभएको थियो । उहाँले युवाहरुलाई तालिमबाट लिएका सिकाई व्यावहारमा ल्याउन सके कफी व्यवसायीमा छिटो सफल हुन सकिने समेत बताउनुभएको थियो ।
वडा सदस्य सुरेश वाग्लेले वेरोजगार वारिष्ता पेशाले युवालाई रोजगारको वातारवरण सृजना गर्ने उदेश्यले तालिम प्रदान गरेको बताउनुभयो ।
वडा सदस्यहरु जंगत बहादुर बानिया, सविता रसाईली ,रफत साना मिया ,पत्रकार अमरराज नहरर्कीले लगाएले युवाहरुलाई स्वरोजगार बताउनुका साथै आयआर्जनको मुख्य पेशा समेत हुने बताउनुभएको थियो ।
सो तालिममा प्रशिक्षक अञ्जिल मिया, सहायक प्रशिक्षक महमद मन्सुर मियाले प्रशिक्षण गर्नुभएको थियो भने २५ जना युवाहरुले तालिम लिएका थिए । त्यस्तै तालिममा सहभागी प्रशिक्षर्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
उक्त कार्यक्रम वडा सचिव पम्फा बस्नेतले कार्यक्रम संञ्चालन गर्नुभएको थियो ।