ट्रफिक सप्ताह २०८२ हुने भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय गगनगौडा कास्की मातहत जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँको आयोजनामा ट्रफिक सप्ताह २०८२ हुन लागेको हो । वैशाख २५ गते देखि ३१ गते सम्म संञ्चान हुने कार्यक्रम एक हप्ता सम्म चल्ने छ ।
दुर्घटना न्युनिकरण र रोकथाम ,ट्राफिक नियम प्रभावकारी कार्यान्वयन,सडक प्रयोगकर्ताहरु माझ अनुशासनकाे भावना जगाउने र विद्यालयका बालबालिका लगाएत जनतालाई सडक सुरक्षाबारेमा शिक्षित गर्ने, जनतालाई सहज र सुरक्षित ट्राफिक आवागन सुनिश्ति गर्ने उदेश्यले ट्राफिक सप्ताह कार्यक्रम आयोजना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँका प्रहरी निरिक्षक कृष्ण बहादुर चन्दले जनाकारी दिनुभयो ।
उहाँका अनुसार ट्राफिक सप्ताह २०८२ अन्तरगत पहिलो दिन प्रभात फेरी तथा समुद्घाटन कार्यक्रम हुनेछ ।
दोश्रो दिन गण्डकी प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यलय तथा मातहत पोष्टबाट पर्चा पम्पलेट वितरण गर्ने, अव्यवस्थित पार्किङ हटाउने , माईकिङ गर्ने , स्टिकर टाँस गर्ने कार्यक्रम रहेको प्रहरी निरिक्षक चन्दले जनाकारी दिनुभयो ।
त्यस्तै तेश्रो दिन ग्रामिण सडकमा पर्चा पम्प्लेट वितरण गर्ने,सवारीहरुमा स्टीकर टाँस गर्ने, छत तथा हुटका यात्रुहरुलाई प्रशिक्षण दिने , सिट क्षमता अनुगमन,भाडादर अनुगमन,आरक्षण सिट कार्यान्यन बारे अनुगमन गर्ने,साईकलमा टल्किने स्टिकर जाँज गर्ने कार्यक्रम रहेको चन्दले बताउनुभयो ।
उहाँले भन्नुभयाे चौथो दिनमा सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम अन्तरगत विद्यालयमा विद्यार्थीहरुलाई प्रशिक्षण गर्ने,विद्यार्थीहरुलाई ट्राफिक सचेतना गर्ने, गाँउ गाँउमा ट्राफिक सचेतना कार्यक्रम गर्नेछौँ।
पाँचौँ दिनमा चालक परिचालन प्रशिक्षण अन्तरगत ओभरटेक सम्बन्धी प्रशिक्षण गर्ने, चालकले चुता लगाए नलगाएको ,पोशाक प्रयोग सम्बन्धि प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।
छैटौ दिन गण्डकी प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुबाट जिल्ला स्थित स्वस्थ संस्थाहरु सँग समन्वय गरी चालक सहचालकहरुको सामान्य स्वास्थ्य चेकजाँच गर्ने ब्लड प्रेशर, आँखा, छाती तथा अन्य कुनै रोगको नियमित औषधि सेवन गरेको- नगरेको जनाकारी लिई नियमित औषधी सेवन गर्न प्रोत्साहन गर्ने सल्लाह दिने , पर्चा पम्प्लेट वितरण गर्ने ,सवारी साधनहरुको यान्त्रिक परिक्षाण मेटीएका सवारी नम्वर प्लेट सुधार (पूर्नलेखन), रक्तदान कार्यक्रम रहेकाे बताईएकाे छ।
त्यस्तै गरि सातौँ दिनमा संचारकर्मीहरुसँग अन्तरकृया कार्यक्रम, समापन कार्यक्रम र जिल्लाका मुख्य चोकहरु दिप प्रज्वलन हुने जिल्ला ट्राफिक कार्यलय तनहुँले जनाएको छ ।