व्यास नगरपालिका ४ स्थित कन्काई ग्लोबल एकेडेमी स्कुलले कृषिसंग विद्यार्थी कार्यक्रम संचालन गरेको छ । विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र सिमित नभई व्यावहारिक शिक्षा पनि आवश्यक रहेकाले उक्त कार्यक्रम संचालन गर्दै आएको विद्यालयका प्रबन्धक निर्देशक मिलन गोदारले जनाकारी दिनुभयो ।



उहाँका अनुसार ज्ञान र कुशल संस्कारका साथै जीवनउपयोगी तथा व्यावहारिक शिक्षा दिनु विद्यालयको मूल उद्देश्य हो । उहाँले भन्नुभयो कक्षा १० का विद्यार्थीहरूले विधालयको बारीमा तरकारी लगाउछन् ।तरकारी फलेपछि गोलाप्रथाबाट छनोट गरी विद्यार्थीहरूलाई नै वितरणा गर्ने गरेका छौँ, उहाँले भन्नुभयो ।



विद्यालयले कक्षा एक देखि नै विधार्थीलाई दैनिक जिवनमा प्रयोग हुने व्यावहारिक शिक्षा दिदै आएको छ । हाल उक्त विद्यालयमा ५ सय भन्दा बढी विद्यार्थी अध्यनरत रहेका छन् ।

