तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटार स्थित पृथ्वी राजमार्ग लागु औ;षध ट्रामाडोल सहित दुई जना पक्रा;उ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका वडा नं १ बस्ने २२ बर्षय मदन गुरुङ् र २१ बर्षय प्रज्वल गुरुङ् रहेका जिल्ला प्रहरी कार्यलय तनहुँका सुचना अधिकारी राजु अधिकारीले जनाकारी दिनुभयो । गुरुङ्को साथबाट पोलिथिनले पोको पारी लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित लागु औ;षध ट्रामाडोल २२९ क्याप्सुल फेला परेको अधिकारी बताउनुभयो । निजहरुलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमिति लिई थप अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाकारी दिनुभयो ।

त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा प्रतिबन्धित लागु औ;षध ट्रामाडोल सहित एक व्यक्ती पक्रा;उ परेका छन् । पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ४ घर भएका बर्ष २३ को अनमोल रिमाल रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका सुचना अधिकारी राजु अधिकारीले जनाकारी दिनुभयो । मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा ५ ख ६९६ बसलाई रोकी चेक जाँच गर्ने क्रममा सो बसमा सवार रिमाललाई पक्रा;उ गरिएको अधिकारीले बताउनुभयो । झोला भित्र कपडाले लपेटी लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित लागु औ;षध ट्रामाडोल ५०० क्यापसुल फेला परेको हो । निजलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमिती लिई थप अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।