बैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाजले भदौ ३ गते सोमबार यज्ञोपवित (सामूहिक रक्षाबन्धन) कार्यक्रमको आयोजना गरेको छ । समाजका अध्यक्ष पण्डित तिलक बिश्वकर्माको अध्यक्षतामा शनिबार बसेको बैठकले दमौलीको अनसन चौतारीमा रक्षाबन्धन गर्ने निर्णय गरेको हो ।गतबर्ष दमौलीको अनसन चौतारीमा सामूहिक रक्षाबन्धन गरिएकोमा यसबर्ष पनि निरन्तरता दिन लागिएको समाजका सचिव बिश्व बुढा परियार जानकारी दिनुभयो ।उहाँका अनुसार उक्त दिन सबेरै जनै मन्तरर्ने कार्य पश्चात रक्षाबन्धन कार्यक्रममा सहभागि हुने भएकाले सबैमा रक्षाबन्धनका लागि अनुरोध गरिएको छ ।
व्यास नगरपालिकाको आर्थिक सहयोगमा गतबर्ष कर्मकाण्ड संम्बन्धि तालिम प्रदान गरिएपछि झण्डै एक दर्जनको हाराहारीमा दलित समुदायबाट पुरोहित उत्पादन भैसकेको सो समाजले जनाएको छ ।