तनहुँको भानु– १ भन्सारमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । भानु नगर उद्योग वाणिज्य संघ , महिला उद्यमी विकास समितिको आयोजनामा हरितालिका तीजको अवशरमा आगामी भाद्र १५ गते ग्रीनपार्कमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुने समूहलाई ३५ हजार र प्रमाण–पत्र, द्धितिय हुने समूहलाई २५ हजार र प्रमाण–पत्र, तृतिय हुने समूहलाई १५ हजार र प्रमाण–पत्र, सान्त्वना हुने दुई समूहलाई ५ र ५ हजार र प्रमाण–पत्र पुरस्कार रहेको भानु महिला उद्यमी विकास समितिकी सभापति पुनम श्रेष्ठले जनाकारी दिनुभयो । त्यसैगरी उत्कृष्ट नृत्यलाई ५ हजार प्रमाण–पत्र र प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई १ र १ हजार प्राप्त गर्ने श्रेष्ठको भनाई छ । मौलिक कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संरक्षक भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले महिलाहरुले नेतृत्व विकास, मौलिक कला, संस्कार , सँस्कृतिको संरक्षण र आय–आर्जनमा समेत जोडिन आग्रह गर्दै नगरपालिकाले हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्दता ब्यक्त गर्नुभयो । समितिले कार्यक्रममा विभिन्न संघसंस्था नगरपालिकाका १३ वटै वडासंग समन्वय र सहकार्य गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।