श्रावण १ गते अर्थात भोली दमौलीमा मेहेन्दी मेला हुने भएको छ । रोट्र्याक्ट क्लब अफ दमौली ,रोटरी क्लब दमौली र इनरह्विल क्लब अफ दमौलीको संयुक्त आयोजनामा मेहेन्दी मेला हुने भएको हो । साउने सक्रन्तीको अवसरमा मेहेन्दी मेला अयोजना गरेको कार्यक्रम बेलुका ५बजेबाट अन्सन चौतारीमा हुने रोट्र्याक्ट क्लब अफ दमौलीका अध्यक्ष रवि अधिकारीले जनाकारी दिनुभयो ।चाडपर्वले संस्कृतिको संरक्षण गर्नुका साथै महिलाहरुमा आपसी सद्धाव बढाउने भएकाले कार्यक्रम अयोजना गरेको इनरह्विल क्लब अफ दमौलीका पुर्व अध्यक्ष निर्मला मल्लले जनाकारी दिनुभयो । भोलीका दिन विशेष गरि महिलाहरुले हातमा हरिया चुरा र मेहेन्दी लागाउने गर्दछन् । हिन्दु धर्मावलम्बीले भगवान् शिवको पुजाआराधना गरि बत बस्ने पराम्परा भएकाले श्रावण महिनालाई पवित्र महिनाको रूपमा लिईने गरिन्छ ।