सकारात्मक सोचको थालनी स्वयम् आफैबाट गर्नु पर्दछ भन्ने उदेश्यका साथ २०७२ सालमा स्थापना भएको इनरह्विल क्लब अफ दमौलीले १० औ पदस्थापन कार्यक्रम मंगलबार दमौलीमा सम्पन्न भएको छ । नारायणी मल्लको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथि इनरह्विल क्लब अफ डिष्ट्रिक्ट ३५० नेपाल २०२४÷२५ डिष्ट्रिक्ट चियरमेन आशा श्रेष्ठ रहनु भएको थियो।

सोहि अवसरमा २०२४÷२५ को अध्यक्षमा नारायणी मल्ल ,उपाध्यक्ष सृजना घिमिरे ,सचिव सविता श्रेष्ठ ,कोषाध्यक्ष सरू श्रेष्ठ ,आई एस ओ अन्जु श्रेष्ठ, सम्पादक गोमा श्रेष्ठ र सदस्यहरू सुनिता श्रेष्ठ,सन्जु जि सी,कल्पना अधिकारी र सृजना वि कले पदभार समाल्नुभएको थियो । उक्त कार्यक्रमा बोल्दै डिष्ट्रिक्ट चियरमेन आशा श्रेष्ठले इनरह्विल क्लब अफ दमौलीले समाजमा निस्वार्थ मानवीय सेवामा समर्पित गर्दै अगाडी बढेको बताउनुभएको थियो ।

कार्यक्रमा बिशिस्ट अतिथि क्लवका पुर्व अध्यक्ष एंव बोड मेम्बर निर्मला मल्लले महिलाहरुको संस्था भएकाले महिलाहरुलाई समाजमा अग्रसर बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमा बोल्दै वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठले इनरह्विल क्लब अफ दमौली तनहुँको गहनाको रूपमा स्थापना भएको बताउनुभयो। श्रेष्ठले क्लवको लागि अगमी दिनमा आफ्नो वडाबाट साथ र सहयोग गर्ने प्रतिद्धता समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमा दमौली खानेपानी संस्थााका अध्यक्ष बुद्धमान श्रेष्ठ,रोटरी क्लव अफ दमौलीका अध्यक्ष जीवन कुमार श्रेष्ठ लगाएतले क्लब अगामी दिनमा थप अगाडि बढ्न सकोस भनी शुभकामना व्यतm गर्नुभएको थियो । सोहि कार्यक्रमा क्लवले म्याग्दे १ कि एपेन्डिक्स बिरामी सलिना गुरूङको उपचारको लागि पाँच हजार एक सय पाँच रुपयाँ सहयोग गरेको छ । कार्यक्रममा लायन्स क्लब तनहुँ सत्यवती ,रोटरी क्लब अफ दमौली ,रोट्र्याक्ट बेद ब्यास , लाईन्स क्लब अफ तनहुँ ब्यास सिटि,जेसिस व्यास नगर, रोट्र्याक्ट क्लब अफ दमौलीका अध्यक्ष एवं अन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । यस क्लवले स्वास्थ ,शिक्षा ,वातावरण ,असाय परिवारलाई आर्थिक सहयोग लगाएत अन्य समाजिक कार्यमा सहयोग गर्दै आएको छ ।