नेपाल पत्रकार महासंघ तनहुँले सात जना क्रियाशिल पत्रकारलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ तनहुँको १४औं साधरणसभाको अवसरमा क्रियाशिल पत्रकारलाई आज सम्मान गरेको हो । सम्मानित हुनेमा मुक्तिनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट ऋषिराम पोख्रेल, भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुस्कार मदन वाग्ले,प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार अन्जना तिमल्सेना, सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार रामबहादुर घले ,सांसद कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित भर्लेली केसलबहादुर स्मृति पत्रकारिता पुरस्कार कृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट सम्झना रसाइली,उत्तम र सुगन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार राजीवलाल श्रेष्ठ लगाएतलाई गण्डकी प्रदेशका उर्जा तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाले सम्मानपत्र प्रदान गरेका हुन् । उक्त भवानी खनाल स्मृतिको राशि ११ हजार, सुरज गुरुङ स्मृति पुरस्कार रु पाँच हजार रहेको छ भने अन्य सबै पुरस्कारको रकम रु १० हजार रहेको महासंघका अध्यक्ष उज्वल पौडेलले जनाकारी दिए । महासंघले व्यासश्री साप्ताहिकका प्रधान सम्पादक डा बसन्त कंडेललाई स्थानीय सरकारको भाषा नीतिको क्षेत्रमा विद्यावारिधि हासिल गरेको भन्दै सम्मान गरेको छ । त्यस्तै महासंघले कार्यसमितिका सदस्य श्रीहरि पौडेल र पुर्व अध्यक्षहरूलाई समेत सम्मान गरेको छ । महासंघले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटन लगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुस्कृत गर्न स्थापित विभिन्न पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।
