तनहुँमा अनलाइन जुवा खेलाउने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नरपालिका–३ खहरे बस्ने अमृतकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिनुभयो । निजले अनलाइन बेटिङ खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भानुबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले निजलाई गरेको पक्राउ रायले बताउनुभयो । निजको भानु अनलाइन पसलबाट अनलाइन बेटिङमा प्रयोग गरेको ट्याब एक थान, मोवाइल लगायतका सामग्री बरामद गरेको छ । निजविरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँबाट जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ