तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अवैध लागु औषध गाँजा सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका वडा नं ४ बस्ने ४६ बर्षय मुकुन्द खड्का रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले जनाकारी दिए । खड्काले झोला भित्र लुकाई ल्याएको १ किलो ८०० ग्राम लागु औषध गाँजा फेला परेको रायले बताए । खड्कालाई पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।