नेकपा एमाले व्यास नगर कमिटीको अध्यक्षमा तुलसीराम पाण्डे बिजयी भएका छन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनमा पाण्डेले एक सय आठ मत ल्याएर बिजयी भएका हुन् । त्यसैगरी उपाध्यक्षमा चिजबहादुर गुरुङ , सचिवमा रामचन्द्र अधिकारी ,उपसचिवमा सुदीप पौडेल, महिला उपसचिवमा जौमाया रायमाझी बिजयी भएका हुन् ।