दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीले तनहुँको व्यास२ स्थित गणेशमान चोकमा स्वचालित डिजिटल घडि जडान गरेको छ । शनिबार सो डिजिटल घडीको रोटर्‍याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका डिष्ट्रिक्ट रोटर्‍याक्ट रिप्रिजेटेटिभ रोशन कार्की र व्यास नगरपालिका वडा नं. २ का वडाअध्यक्ष काशिराम श्रेष्ठले उद्घाटन गरेका थिए ।उक्त चोक दमौलीको प्रमुख मध्यको एक चोक भएकाले सो स्थान भएर आवतजावत गर्ने सर्वसाधारणलाई मिति, समय, तापक्रम, सूचना लगाएतका कुरामा सहज जानकारी होस भन्ने उद्देश्यले डिजिटल घडी जडान गरिएको क्लबका अध्यक्ष अनुज बिमलीले जानकारी दिए ।सो अवसरमा रोटर्‍याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका डिष्ट्रिक्ट रोटर्‍याक्ट रिप्रिजेटेटिभ रोशन कार्कीले समाजमा आवश्यक भएको काम रोटर्‍याक्ट दमौलीले गरेको बताए । उनले अगाडी भने ‘क्लबले समाजमा सकेको योगदान दिंदै आएको र निरन्तर दिनुपर्छ ।’ डिजिटल घडी जडान संगै संरक्षणमा समेत ध्यान दिनुपर्ने डिष्ट्रिक्ट रोटर्‍याक्ट रिप्रिजेटेटिभ कार्कीले बताए ।यस्तै सोही कार्यक्रममा व्यास-२ का वडाअध्यक्ष काशिराम श्रेष्ठले युवाहरु समाजको आवश्यकता बुझेर एकजुट हुनु अत्यन्तै राम्रो काम भएको बताए । डिजिटल घडी जडान पछि वडाको मुख्य चोक गणेशमान चोक भएर आउजाउ गर्ने सबैलाई समय, तापक्रम लगाएतको जानकारी पाउन सहज हुने उनको विश्वास छ ।

उक्त डिजिटल घडी जडानको लागी दमौलीमा रहेको टाइम एकेडेमीले आर्थिक सहयोग गरेको कार्यक्रम संयोजक यम बतासले जानकारी दिए । उक्त कार्यक्रमको संचालन रोटर्‍याक्ट क्लब अफ दमौलीका उपाध्यक्ष किरण श्रेष्ठ र स्वागत क्लबका पुर्वअध्यक्ष दामोदर भण्डारीले गरेका थिए ।घडि उद्घाटन कार्यक्रममा जनजागृति टोलकी अध्यक्ष रेखा श्रेष्ठ, टोलका पुर्वअध्यक्ष रामनाथ रिमाल, टाइम एकेडेमीका संचालक विश्वप्रकाश भुषाल, रोटर्‍याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका वाटर स्यानिटेसन एण्ड प्लान्ट चियर मनोज पाठक, व्यास-२ की महिला समन्वय संयोजक इन्दिरा पण्डित, व्यास-२ की वडा सचिव पम्फा बस्नेत, औषधि व्यवसायी संघ तनहुँका पुर्वअध्यक्ष अर्जुन थापा, क्लबका पुर्वअध्यक्ष शिखरलाल डोटेल लगाएतको उपस्थिति रहेको थियो ।घडि जडान पछी वडा र टोल विकास समितिको तर्फबाट रोटर्‍याक्ट क्लब अफ दमौलीलाई धन्यवाद ज्ञापन गरिएको थियो ।रोटर्‍याक्ट क्लब अफ दमौलीले समाजमा शिक्षा, स्वास्थ्य, खानेपानि, सरसफाई, खेलकुद, युवा, महिला, बालबालिका लगाएतको विभिन्न क्षेत्रमा विविध काम गर्दै आइरहेको क्लबले जनाएको छ ।