तनहुँको ब्यास नगरपालिका वडा नं। १ तालघारे स्थित पृथ्बी राजमार्ग सडक खण्डमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । घाँसीकुवाबाट दमौली तर्फ आउदै गरेको स्कुटरले पैदल यात्री एकिन नामथर वतन नखुलेको बर्ष ५०।५५ की महिलालाई ठक्कर दिई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जनाकारी दिए । घाईते भएकी महिलाको उद्दार गरी उपचारको क्रममा दमौली अस्पतालमा मुत्यु भएको हो । साथै मृतकको हालसम्म कही कतैबाट सनाखत हुन नसकेको र स्कुटरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।