मिहिनेत, सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ भन्ने नाराका साथ महिला उद्यमी समिति तनहुँको आयोजनामा नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ३५औँ स्थापना दिवस दमौलीमा सम्पन भएको छ । महिला उद्यमी समिति तनहुँकी अध्यक्ष कल्पना गौलीको अध्यक्षतामा सम्पन भएको कार्यक्रमा प्रमुख अतिथि व्यास नगरपालिका उप प्रमुख इन्दिर दरै रहनुभएको थियो ।

सो अवसरमा बोल्दै दरैले व्यास नगरपालिकाले महिलाहरुलाई विभिन्न सिपमुलक तलिम प्रदान गरेपनि महिलाहरुले व्यवाहरमा परिर्वतन नगरेको बताउनुभयो । व्यास नगरपालिका वडा नं ३ का अध्यक्ष अनुप रानाले महिलाहरुले उत्पादन गरेको समाग्रीहरु बजारीकरण गर्न नसकेकाले आफ्नो वडाबाट बजारीकरण गर्नका लागि नगरपालिकालाई पहल गरिरहेको बताउनुभयो । कार्यक्रमा महिला उद्यमी समिति तनहुँको संस्थापक अध्यक्ष मछिन्द्र देवि श्रेष्ठले महिलाहरुले उद्यमीशिलता बनेर आफ्नो निर्वाह गर्न सक्नपर्ने बताउनुभयो ।

कार्यक्रमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रिय सदस्य ताराराम श्रेष्ठ,नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल लगाएतले स्थापना दिवस शुभकामना दिनुभएको थियो । उक्त अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ, मिलिजुली कृषि उत्पादक सहकारी संस्था लि आबुखैरेनीका अध्यक्ष ईश्वर गौली, व्यास २ स्थित निखिल ढाका उद्योगका प्रोपाइटर चन्द्रमाया तामाङ्गलाई सम्मान समेत गरिएको छ ।