तनहुँकाे बन्दीपुरका दुई युवकको शनिबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–६ बस्ने बर्ष २० का बिनोद गुरुङ र सोही स्थानका अन्दाजी २० बर्षका हिरा गुरुङ रहेको प्रहरी निरीक्षक मोहन कुमार खड्काले जनाकारी दिनुभयाे। ।छ जना साथीहरू मिलेर पौडी खेल्न गएका मध्ये अन्य चार जना सकुशल रहेकाे र दुई जना डुबेर मृत्यु खड्काले बताउनुभयो ।मृतक दुबैको शव पोष्मार्टमका लागि दमौली अस्पतालस्थित शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।