युएसआईडी वायोडाईभर्सिटीको आयोजनामा जलचर तथा जलिय जैविक विविधता सम्वन्धी अन्तरक्रिया कायत्र्रmम व्यास नगरपालिका वडा नं ५ को वडा कार्यलयमा सम्पन्न भएको छ । व्यास नगरपालिका वडा नं ५ को वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमालको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रमा युमएसआईडी वायोडाईभर्सिटीको प्राविधिक निर्देशक नारायण वेलवासेले कार्यक्रमको वारेमा धारणा राखेका थिए ।कार्यक्रममा जलिय जैविक संरक्षण कसरी गर्न सकिन्छ भन्नेमा छलफल भएको थियो । वातावरणीय प्रभावका कारण जलिय जरचर हस हुदै आएको सन्दरभमा यसलाई आम समुदाय मिलेर यसको संरक्षण तथा प्रर्वद्धन गर्नुपर्नेमा सहभागीहरुले धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी वेलवासेले जलिय जलचर संरक्षण गर्न टोल र समुदायमा जानुको विकल्प नभएको वताए ।कार्यक्रमका अध्यक्ष वडा नं ५ को वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमालले स्थानिय तहले जल, जंगल तथा जलिय प्राणीको संरक्षणका लागी वडाले भुमिका खेलिरहेको वताए । सिगो समुदायको सहयोगले मात्र जलिय संरक्षण गर्न सकिने हुदाँ त्यसमा आम समुदाय नै लाग्नुपर्ने वताए ।वडा नं ५ को विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको सो कार्यक्रमको सहजीकरण संस्थाको सिनियर जेसी सुनिल चौधरीले गरेका थिए भने कार्यक्रमको संचालन वडा सचिव बिश्वनाथ पौडेलले गरेका थिए ।