क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । मंगलवारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । मंगलवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आज मुद्दाको सुनुवाइले निरन्तरता पाउनेछ । सुनुवाइ सकिए आज नै फैसला सुनाउने तयारी छ ।