तनहुँको व्यास नगरपालिका २ निवासी डा ईश्वरचन्द्र वाग्लेद्वारा वेदव्यास जेष्ठ नागरिक आश्रमलाई सहयोग गर्नुभएको छ । व्यास नगरपालिका ५ चापाघाट स्थित वेदव्यास जेष्ठ नागरिक आश्रमलाई १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । डा। वाग्लेले आफ्नो जन्मदिनको अवसर पारी आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई पोषण सहयोगका लागि उक्त रुपैयाँ सहयोग गरेको बताउनुभयो । वाग्लेले उक्त रकम आश्रमकी कार्यबाहक अध्यक्ष शकुन्तला आलेलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यबाहक अध्यक्ष आलेले सहयोगी मनका धनी वाग्लेलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।सहयोग पाउँदा जेष्ठ नागरिकहरु उत्साहित भएका छन् ।