तनहुँको ब्यास नगरपालिका वडा नं ३मा जुवा ९तास० खेलिरहेका ७ जना व्यक्तीहरु पक्राउ परेका छन् । अनसन चौतारी स्थित रहेको लक्ष्मण मल्लको घरमा हार जितको बाजी राखी जुवा (तास) खेली रहेका छन् भन्ने गोप्य सूचना पश्चात प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी लक्ष्मण मल्ल,बल राम गुरुङ,डम्मर बहादुर बराली,तुल बहादुर अधिकारी,डिल बहादुर आले,बुद्धीराज मिश्र र संजय गहतराज रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जनाकारी दिए ।

निजहरु खेलिरहेको खालबाट नगद रु अठसठ्ठी हजार सात सय त्रियानब्बे रुपैया र तासका पत्तिहरु ११४४ थान सहित बरामद गरेको रायले बताए । निजहरुलाई उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट सात दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।