विश्व रेडक्रस दिवसको अबसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसले शौक्षिक सामग्री वितरण गरेको छ । मानवतालाई जिवत राखौ भन्ने नाराका साथ व्यास १३ स्थित सिद्धवेनी आधारभूत विद्यालयका ३० जना छात्र, छाात्राहरु शौक्षिक सामग्री वितरण गरेको हो । कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले सर्कलले केही बर्ष देखि यस कार्यलाई निरन्तरता दिएको बताउनुभयो ।क्याम्पस प्रमुख महाप्रसाद हड्खले सर्कलले यस्ता कार्य गर्नले छात्र, छात्राहरुको थप हौसाल बढ्ने बताउनुभयो । सर्कलका अध्यक्ष सुमन खड्काको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्यहरु, सिद्धवेनी आधारभूत विद्यालयका वि।व्य।सका सदस्यहरु, क्याम्पसका शिक्षक ,विद्यार्थीहरु, अभिभावकहरु लगायतको उपस्थिती रहेको थियो ।