सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले आजबाट तनहुँमा ट्रफिक सप्ताह सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यलय ताहुँको संयुक्त आयोजनामा ट्रफिक सप्ताह सुरु भएको हो । उक्त कार्यक्रमा बोल्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले सवारी दुर्घटना न्युनिकरण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख अपिलराज बोहारले अहिले सडक बिस्ताको क्रममा तनहुँमा दिनहुजसो सवारी दुर्घटना हुने गरेको बताउनुभयो । सडक बिस्तार भईसकेपछी सवारी दुर्घटना अझ बढ्नसक्ने भएकाले सवारी दुर्घटना न्युनिकरण गर्न ट्रफिकले मात्र काम गर्न नसक्ने र ट्रफिक नियम पालन गरे दुर्घटना कम हुने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जर्नाजन गौतमले ट्रफिक नियम पालन नगर्ने सवरी साधानले गर्दा पैदल यात्रुले समेत समस्य भग्नुपरेकले सवारी चालक , पैदल यात्री लगाएत सबैले ट्राफिक नियमको पालना गरी दुर्घटना हुन नदिन पहल गर्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा बोल्दै जिल्ला ट्रफिक प्रहरी कार्यलय तनहुँका प्रमुख सन्तोष पौडेले ट्रफिक सप्ताह कार्यक्रम अन्तरगत सात दिन सम्म विभिन्न सवारी दुर्घटना न्युनिकरणका कार्यक्रमहरु गर्ने बताउनुभयो ।

उहाँले ट्रफिक जनचेतनामुलक प्रचार पम्पेलट वितरण गर्ने , चोक चोकका स्वायमसेवाक परिचालन गरि सडक प्रयोकर्तालाई बाटो क्रस गर्ने सिकाउने ,गल्ती गर्ने चालकलाई सम्झाउने , अवस्वथित पार्किङ हटाउने ,मस्स वितरण गर्ने, सवारी साधानमा स्टीकर टास्ने, सिट क्षमता भन्दा बढी यात्रुराख्ने सवारी साधान अनुगमन गर्ने ,भाडा दर अनुगमन गर्ने,ओबर टेक सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्ने ,विद्यार्थीलाई ट्रफिक सचेतना कार्यक्रमा सारिक गर्ने,मानिस भिडभाड हुने स्थानमा ट्रफिक सचेना कार्यक्रम गर्ने , गाँउ गाँउमा ट्रफिक सचेना कार्यक्रम गर्ने ,सवारी चालकहरुको स्वास्थ परिक्षण र अन्तिम दिन अन्तरक्रिया कार्यक्रम गर्ने र जिल्लाका मुख्य चोकमा टिप प्रजन्न् गर्ने बताउनुभयो । उक्त कार्यक्रमा विद्यार्थी , शिक्षक , जनप्रतिनिधि , विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतको उपस्थित रहेको थियो ।