तनहुँ व्यास ४ का महम्मद गफ्फार यति बेला सामाजिक कार्यमा निकै व्यस्था देखिन्छन्। कहिले दमाैली बजारमा रहेकाे छर्पस्ट फोहोर संङकल्न गर्छन् त कहिले अशक्त बृद्धअबश्थामा रहेका बुवा आमालाई आफ्नै सवारी साधनमा राखेर निशुल्क गन्तव्यमा पुर्याउने गर्छन् । अहिले भने गफ्फार बुल्दी र चुदी खोलाको बृहत सरसफाई अभियानमा जुटेका छन् । उनले “म बदलिए मेरो देश बदलिनेछ” भन्ने नारा सहित बुल्दी र चुदी खोलाको बृहत सरसफाई अभियाको थालनी गरेका छन् । शुक्रबार दमाैलीमा पत्रकार सम्मेलन गर्दे उनले अहिले बुल्दी र चुदी खोलाको सरसफाई तथा संरक्षण नगरे अब आउने पुस्ताले बुल्दी र चुदी खोलाको नाम मात्र थाहा पाउने भएकाले यसलाई संरक्षण गर्न आफुले यो अभियान सुरु गरेको बताए ।

वैशाख २९ गते बुल्दी र जेठ ५ गते चुँदी खोला सरसफाइ एवं फोहोर संकलन प्रतियोगिता आयोजना गरिएको गफ्फारले बताए । उक्त प्रतियोगितमा प्रथम पुरस्कार रु दश हजार प्रमाणपत्र ,द्धितिया पुरस्कार पाँच हजार प्रमाणपत्र समेत रहने छ ” उनले भने । प्रतियोगिताका लागि एउटा वडा तथा टोलवाट १५ जना रहन सक्ने र धेरै फाेहाेर संकलन गर्ने टिमलाई प्रथम बनाईने उनले पत्रकार सम्मेलनमा जनाकारी दिए । गफारका अनुसार यश अभियानकाे उद्देश्य नदि सफा गर्नु यसकाे पारिस्थितिकीय स्वास्थ्य पुर्नस्थापना गर्ने, जल प्रदुषण कम गर्दै पानीको गुणस्तरमा सुधार ल्याउने , सार्वजनिक स्वास्थ र मनोरञ्जन सुविधा संरक्षण गर्नु, नदि संरक्षणकाे बारेमा जागरूकता गर्नु रहेकाे छ। यश अभियानलाई हरेक वर्ष निरन्तर दिने र बृहत सरसफाई अभियानमा विद्यार्थी ,शिक्षक ,जनप्रतिनिधि लगाएत सम्पूर्णलाई उपस्थित हुन गफारले अग्रह समेत गरेका छन् ।