तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ५ ब्राईटचोक मिलनटोलमा निषेधित लागू औषध सहित दुई ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ साविक राईपुर गा बि स वडा नं ४ हाल शुक्लागण्डकी न।पा। वडा नं। ११ स्थायी घर भई ऐ। वडा नं ५ शान्तीटोल बस्ने ३६ बर्षय बिक्की चन्द र गोरखा आरुघाट गा पा वडा नं। ८ स्थायी घर भई जिल्ला तनहुँ शुक्लागण्डकी न पा वडा नं ५ बेलचौतारा बस्ने ३३ बर्षय ठागु भन्ने रबी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले जनाकारी दिनुभयो । खैरेनिटार देखी दुलेगौडातर्फ जादै गरेको ग ११ प ५९०५ नं को मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा गुरुङको साथबाट डायजेपाम इंजेक्शन लेखिएको २ यम यल को एम्पुल एक्काईस थान,फेनेर्गन लेखिएको २ यम यल को एम्पुल एक्काईस थान,बुप्रेनोरफाइन इंजेक्शन लेखिएको २ यम यल को एम्पुल एक्काईस थान ,निट्रभेट १० लेखिएको ट्याब्लेट बाह्र चक्की लागु औषध फेला परेको रायले बताउनुभयो । निजहरुलाई तनहुँ जिल्लाअदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।