तनहुँका एक युवक मलेसियामा अलपत्र अवस्थामा फेला परेका छन् । दश बर्षदेखि मलेसियामा बस्दै आएका तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं १२ कमलबारी घर बताउने हर्क बहादुर बिक ३ वर्ष देखि परिवारसँग सम्पर्कमा नरहेको बताएका छन् । हाल मलेसियाको ईपो पेराक भन्ने ठाउमा अल्पत्र अवस्थामा देखेर मलेसियामा कार्यरत सिन्दुली जिल्ला कमलामाई ३ का अमिर कार्कीले तनहुँ तरङ्ग मिडियालाई खबर गरि परिवारजनसम्म खबर पुराउन आग्रह गरेका छन् । उनले आफ्नो नाम हर्क बहादुर बिक , बुबा आईत राम बि क ,दाजु, तिल बहादुर बि क, श्रीमती भरि बि क रहेको बताएका छन् । बि।कलाई चिन्नुहुने मानुभावले तनहुँ तरङ्ग मिडियाको कार्यलयमा वा ९८०७२५७७८५,९८४२२६८७२० सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौँ ।
