तनहुँको सदरमुकाम दमौलीमा रहेको सामुदायिक रेडियो मादीसेती एफएम १०५.८ मेगाहर्जको अध्यक्षमा सुर्यनाथ खनाल चयन भएका छन् ।शनिवार दमौलीमा भएको दशौं साधारण सभा तथा पाचौं अधिवेशनवाट अध्यक्षमा खनाल सर्वसम्मत रुपमा चयन भएका हुन् ।समितिको उपाध्यक्षमा प्रदिप घिमिरे , सचिवमा माधव न्यौपाने र कोषाध्यक्षमा सुशीला पन्थ चयन भएका छन्।त्यसैगरी सदस्यहरूमा शंकरराज नहर्की ,जनक काफ्ले , उपेन्द्र न्यौपाने , सुरेश पुरी र बेलु श्रेष्ठ चयन भएका छन्
