तनहुँकाे शुक्लागण्डकी नगरपालिका–९ स्थित घारीमा शुक्रबार छोराले चक्कु प्रहार गरी बाबुको हत्या गरेका छन् । म्याग्दे गाउँपालिका–६ घर भई हाल छोरी रस्मीको घरमा बस्दै आएका ७६ बर्षीय बाबुको चक्कु प्रहार गरी हत्या गरेका हुन् । २६ बर्षीय छोरा दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको तनहँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए । उक्त घटनामा संलग्न बि.कलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।