तनहुँकाे दमाैलीमा पहिलोपटक ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तीन दिवसीय महिला उद्यमी व्यापार प्रदर्शन एवम् प्रबर्द्धन मेला हुने भएको छ । महिला उद्यमी संघ नेपाल तनहुँकाे आयाेजनामा यही फागुन २५ गतेदेखि २७ गते सम्म कार्यक्रम हुने शनिबार पत्रकार सम्मेलन गर्दै जनाकारी गराईएकाे हाे । महिलाहरूले सिकेका सिपकाे बजारीकरण गर्ने उदेश्य सहित मेला आयाेजना गरेकाे संस्थाकाे अध्यक्ष निर्मला मल्लले जनाकारी दिनुभयाे । उहाँले हाम्रो टाेल र नगरमा धेरै महिलाहरूले स्थानीय उत्पादन गरेका समाग्रीहरू मेलामा प्रदर्शन हुने बताउनुभयाे । व्यास नगरपालिका उप प्रमुख इन्दिरा दरैले महिलाहरूलाई अग्रसर बनाउन व्यास नगरपालिकाले सिपमुलक तालिम देखि बजेट विनियोजन गर्न साथै साथ रहने बताउनुभएकाे थियाे ।

उक्त मेलाका मुख्य आकर्षणमा हस्तकला , घरेलु होजियारी , कृषि प्रदर्शनी , विभिन्न जातजातिको झाँकि , बित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम ,घरेलुु तथा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरू द्वारा विविध सांस्कृतिक प्रस्तुति, महिलाहरूको आर्थिक , सामाजिक र कानुनी हक स्थापित गर्न चेतनामूलक कार्यक्रम , घरेलु खाना तथा अर्गानिक खानाका परिकारहरूको प्रदर्शनी रहने संस्थाकाे महासचिव सरू श्रेष्ठले जनाकारी दिनुभयाे ।मेलामा ५० वटा स्टल रहने छ भने हाल सम्म २३वटा वुकिङ भईसकेकाे श्रेष्ठले बताउनुभयाे । मेलामा ४० देखि ५०हजार दर्शकले अवलोकन गर्ने छन् भने ८लाख खर्च हुने अनुमान गरिएकाे संस्थाले जनाएको छ ।यस्तै मेलाको मुख्य आकर्षणमा तनहुँकै चेलीहरू प्रिती आले र कला लम्सालको बेजोड प्रस्तुति रहने भएको छ ।मेला व्यास ३ स्थित अनसन चाैतरी खुल्ला मैदानमा हुनेछ ।