तनहुँको भानु नगरपालिका वडा नं १ गन्धर्वटोलबाट अबैध लागू औषध सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा २९ बर्षय कमला गन्धर्व रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । गन्धर्वले अबैध रुपमा प्रतिबन्धित औषधीको कारोबार गरिरहेकी छन् भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानु तनहुँ र प्रहरी चौकी भन्सार तनहुँको संयुक्त प्रहरी टोलीले निजको घरकोठा तलासी लिदा निजको कोठाबाट लागु औषध Tramadol Hydrochioride Capsule Ip 50 mg लेखेको ३० वटा पत्ता तिन सय थान फेला परेको खाँणले बताउनुभयो । निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी आज औषधी व्यवस्था बिभाग बिजुलीबजार काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।