आईताबार लियो क्लब अफ तनहुँको १५औ स्थापना उत्सव तथा सस्थापक सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम लियो क्लब अफ तनहुँकी अध्यक्ष बसन्ती थापाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा ब्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने प्रमुख आतिथी रहनुभएको थियो । सो कार्यक्रमको बोल्दै न्यौपानेले क्लबले समाजमा उदाहरण कार्य गरेको र अगामी दिनमा थप प्रगती गर्न शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा ब्यास न।पा। वडा नं २ का अध्यक्ष काशिराम श्रेष्ठ, लियो क्लब अफ तनहुँका सस्थापक अध्यक्ष सुजन खनाल , लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका क्याबिनेट पदाधिकारीहरु, दमौली क्षेत्र भित्र रहेका विभिन्न लायन्स क्लबका अध्यक्ष लगायत पदाधिकारीहरु, लियो जिल्ला परिषद ३२५ एल नेपालका निवर्तमान अध्यक्ष लियो योगेश गौतम, वर्तमान सचिब लियो सुनिल मिश्र, कोषाध्यक्ष लियो सुलभ थकाली, प्रो लियो कुसल लम्साल लगायत लियो क्लब र लियो निर्मल अल्फाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा लियो क्लब अफ तनहुँले सस्थापक सदस्यहरु २० जना भन्दा बढिलाई सम्मान गरेको थियो भने लियो क्लब अफ तनहुँका सदस्यहरुलाई अन्तर्राष्ट्रिय सदस्यता प्रमाणपत्र प्रदान गरेको थियो । उक्त कार्यक्रममा क्लबका सस्थापक अध्यक्षले क्लबको कोषको लागि ब्यक्तिगत बिस हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो। सो कार्यक्रमको सम्योजकत्व क्लबका द्दित्तिय उपाध्यक्ष लियो रोबिन श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण क्लबका सचिब लियो मुकेश बिडारीले गर्नु भएको थियो।