तनहुँमा अरिङ्गाल पोल्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–४ फलाखेत निवासी ३२ बर्षीय राजकुमार तामाङ रहेका तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । भानु नगरपालिका–७ रम्गाटार स्थित जंगलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोक्दा तामाङ सख्त घाइते भएका हुन् । निजहरलाई तनहुँको डुम्रे बजार स्थित लक्ष्मी अस्पतालमा प्राथामिक उपचार पश्चात थप उपचारको लागि चितवन मेडिकल कलेज पठाइएकोमा आज बिहान उपचारको क्रममा राजकुमारको मुत्यु भएको खाँणले बताउनुभयो । सोही स्थान निवासी २४ बर्षीय धन बहादुर तामाङ घाइते भएको र तामाङको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।