इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट चोरीका मूर्ति सहित अाज एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिका–३ निवासी २३ बर्षीय प्रकाश ढुंगाना रहेकाे तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयाे। ढुंगानाको साथबाट शिव पार्वती,राम लक्ष्मण,विष्णु र हनुमानको गरी चार थान धातुबाट निर्मित मुर्ति समेत बरामद गरिएको खाँणले बताउनुभयो । निजलाई तनहुँ जिल्ला अदालतबाट पक्राउ पूर्जी स्वीकृत गराई ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।