नेशनल प्याबसन तनहुँले भोली नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । व्यास ३ स्थित खुल्ला चौरमा तनहुँ जिल्ला भरका नेशनल प्याबसन विद्यालय स्तरिय नृत्य प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगितमा प्रथम पुरस्कार नगद रु १६ हजार, ट्रफि र प्रमाणपत्र, द्धितिय पुरस्कार रु १२ हजार ट्रफि र प्रमाणपत्र, तृतिय पुरस्कार रु १० हजार ट्रफि र प्रमाणपत्र र सन्तोना तिन जनालाई रु ३ हजार ट्रफि र प्रमाणपत्र रहेको नेशनल प्याबसन तनहुँका अध्यक्ष विश्वेश्वर खनालले जनाकारी दिनुभयो ।

नृत्य प्रतियोगितामा तनहुँ जिल्ला भरका नेशनल प्याबसन विद्यालयबाट २३ टिमको सहभागी हुने खनालले बताउनुभयो ।नृत्य प्रतियोगितामा निर्णयकहरु पोखराबाट आउने उहाले जानकारी दिनुभयो । आयोजकका अनुसार प्रतियोगिता बिहान १० बजेबाट सुरु हुने भएको छ । प्रतियोगितामा सहभागीता हुने विद्यार्थीको थप हौसाल बढाउन जिल्लाका अन्य विद्यालयका विद्यर्थीहरुको उपस्थितका लागि आयोजकले आग्रह गरेको छ ।