आजबाट दास्रो पाटन खेलकुद ,कृषि,व्यापार, सांस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु भएको छ । महोत्सवको गण्डकी प्रदेशका आर्थिक ममिला मन्त्री जित प्रकाश आले उद्धघाटन गर्नुभएको थियो । मन्त्री आले यस्ता मेला महात्सवले आ आपनो कला संस्कृतीको संरक्षण हुने र यस क्षेत्रलाई विकास गर्नको लागि महोत्सव सहयोगमा प्याउने बताउनु भयो । त्यस्तै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शन्तिरमण वाग्ले व्यास धामिक पर्यटनकी क्षेत्र भएकाले संरक्षण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । कात्तिक ४ गतेसम्म चल्ने महात्सवमा रमाइलो मेला साथै राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको पस्तुती रहने छ ।

महोत्सवमा स्थानीय व्यवसायीहरूलाई लक्षित गरि स्टलमा ३० प्रतिशत छुटको व्यवस्था गरेको , कृषि क्षेत्रलाई प्राथमिकता दिएको महोत्सव मुल समारोह समितिका अध्यक्ष अमर थापाले बताउनुभयो । उक्त महोत्सव स्थल भित्र खुल्ला भलिबल प्रतियोगिता समेत आयोजना गरेको र प्रतियोगितामा प्रथम तथा द्भितिय हुने टिमलाई क्रमश ५० हजार र ३० हजार पुरस्कार रहेको छ । साथै महोत्सवको प्रवेश सुल्क ७० र १०० राखिएको छ भने जेष्ठ नागरिक तथा बौद्धिक अपांगता भएको हरूलाइ निशुल्क र बिद्यार्थी कार्ड भएकाहरुलाई ५० रूपया तोकिएको छ । उक्त महोत्सवमा पन्ध्र हजार दर्शकले अवलोकन गर्ने र तीस लाखको आर्थिक कारोबार हुने लक्ष्य रहेको क्लबले जनाएको छ ।