Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु

वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु

सुरेश सुनार

२ चैत्र २०७८, बुधबार

396
Share

तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु गरेको छ । सर्वसाधारणको सहजताका लागि स्थानीय तहका वडाबाटै दर्ता थालिएकोे हो । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै परिचयका लागि विवरण दर्ताको काम हुँदै आएको थियो । त्यस्तै व्यास नगरपालिकाले पनि वडाबाटै दर्ता सम्पन्न गरिसकेको छ । शुक्लागण्डकीका १२ वटै वडामा विवरण दर्ताको काम थालिएको हो । शुक्लागण्डकी –१२ का वडाध्यक्ष मनराज गुरुङका अनुसार वडामा सात दिन यो अभियान सञ्चालन हुनेछ । प्रत्येक वडाका टोलमा विवरण दर्ताको काम गरिने उहाँले बताउनुभयो । “सर्वसाधारणको सहजताका लागि टोल टोलमा पुगेर विवरण दर्ताको काम सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “चैत ५ गतेसम्म अभियान सञ्चालन हुनेछ ।” डिजिटल राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सबै स्थानीय तहमा विवरण दर्ताको तयारी थालिएको प्रशासनले जनाएको छ । हालसम्म जिल्लामा २३ हजारभन्दा बढीको विवरण दर्ता भएको छ । विवरण दर्ताका लागि प्रशासन कार्यालयमा दुईवटा स्टेशन स्थापना गरिएको छ । नागरिकता बनाउनेबित्तिकै परिचयपत्रका लागि विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ । परिचयपत्रको विवरण बुझाउन अनलाइन पनि प्रयोग गर्न सकिन्छ । परिचयपत्रका लागि आवेदन बुझाउन अनलाइन प्रक्रिया पूरा गरी प्रशासन कार्यालयमा आफै उपस्थित हुनुपर्नेछ । तर अनलाइनबाट फारम भर्न सर्वसाधारणलाई गाह्रो हुँदै आएको छ । परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नाम, थर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँलाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ । सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा–सुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रूपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ ।

सामाजिक सुरक्षा कार्डका रूपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ । अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोहीअनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ । राष्ट्रिय परिचयपत्र नं र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रूपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ । प्रथम आँबुखैरेनी अध्यक्ष कप सम्पन्न आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कपअन्तर्गत फुटबल प्रतियोगिताको उपाधि अलस्टार युवा क्लबले जितेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा एक्लेफाँट युवा क्लबलाई पराजित गर्दै अलस्टार उपाधि जितेको हो । उपाधिसँगै अलस्टार क्लबले नगद रु ६० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता एक्लेफाँटले नगद रु ४० हजारका साथै ट्रफी प्राप्त गरेको छ । अध्यक्ष कपअन्तर्गत भलिबलको उपाधि आँबुखैरेनी भलिबल सङ्घले जितेको छ । भलिबलमा आँबुखैरेनी गाउँपालिका–३ उपविजेता बन्यो । विजेता बनेको आँबुखैरेनी भलिबल सङ्घले नगद रु ६० हजार र उपविजेता आँबुखैरेनी गाउँपालिका–३ ले रु २० हजार नगद प्राप्त गरेको छ । व्याडमिन्टनतर्फ दीपक गुरुङ र विनय श्रेष्ठको जोडी प्रथम भएको छ । उहाँहरूले नगद रु २५ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

भगवान् श्रेष्ठ र अभियान श्रेष्ठको जोडी द्वितीय हुँदा उहाँहरूले नगद रु १५ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सन्तोष थपलिया र मिजेन्द्र थापाको जोडी अनुशासित समूह घोषित भएको छ । उहाँहरूले रु पाँच हजार नगद प्राप्त गर्नुभएको छ । आँबुखैरेनी गाउँपालिका–३ स्थित खेलमैदानमा खेल सञ्चालन गरिएका थिए । विजयी हुनेहरूलाई पुरस्कार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले खेलकुदको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि विविध कारणले अध्यक्ष कप आयोजना गर्न नसकिए पनि सुरुआत गरिएको बताउनुभयो । आँबुखैरेनी खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले गाउँपालिकाभित्रका खेलाडीलाई प्रोत्साहन गर्न र खेलकुदमा आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

‘तिजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ’

जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ : गृहमन्त्री लेखक

नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल

सरकारको खर्चभन्दा आम्दानी दोब्बर

लिसाको नतिजा आज सार्वजानिक गरिने, एलजिपिएस शुभारम्भ गरिने

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal