Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट

८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट

सुरेश सुनार

१ चैत्र २०७८, मंगलवार

423
Share

मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट हुने गर्दछ । नेपाल बीउ व्यवसायी सङ्घद्वारा सोमबार यहाँ आयोजित अन्तक्र्रियामा खाद्यान्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी क्षेत्रका विभिन्न बीउबिजन कम्पनीले आयात गरेको जानकारी दिइयो । स्थानीय जातका बीउबिजन स्वदेशमै उत्पादन हुने र केही वर्णशङ्कर जातका बीउ विदेशबाट समेत आयात गरिने गरेको छ । कृषि उत्पादनमा आवश्यक पर्ने कृषि सामग्री, औजार, उपकरणको आपूर्तिमा शतप्रतिशत निजी क्षेत्रको योगदान रहेको जनाइएको छ । कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले गुणस्तरीय बीउबिजन उत्पादन गरी कृषकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै बीउबिजन बजारीकरणमा रहेका केही नीतिगत समस्या व्यवसायीसँग समन्वय गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बीउबिजनका क्षेत्रमा क्रियाशील व्यवसायी, विज्ञलगायतले गुणस्तरीय बीउ उत्पादन गर्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा सङ्घका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले कृषकका साथै व्यवसायीको हितमा काम गर्दै आएको संस्थाले ४६ जिल्लमा कार्यसमिति निर्माण गरेको जानकारी दिनुभयो ।

(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

Tanahun Taranga media

वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड

निर्वाचन प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal