Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
आयुर्वेद औषधालयमा बिरामीको चासो र विश्वास बढ्दै

आयुर्वेद औषधालयमा बिरामीको चासो र विश्वास बढ्दै

सुरेश सुनार

२४ फाल्गुन २०७८, मंगलवार

363
Share

पूर्वजहरूले प्रयोग गर्दै आएको आयुर्वेद अहिलेको पुस्तासम्म आइपुग्दा प्रयोगमा निकै कमी आएको छ । अस्पताल स्थापनाभन्दा पहिले सञ्चालनमा आएका अधिक आयुर्वेद औषधालय वर्षौँदेखि प्रयोगविहीन अवस्थामा पुगेका छन् । कोरोना महामारी भन्दा पहिला नगन्य मात्रामा बिरामी आउने आयुर्वेद औषधालयमा अहिले बिरामीको चासो र विश्वास बढ्न थालेको छ । बागलुङको कूल जनसङ्ख्याको १० प्रतिशतले मात्रै आयुर्वेदको माध्यमबाट उपचार गराउँदै आएकामा अहिले यसको सङ्ख्या क्रमशः बढ्दै गएको छ । हजुरबुवा–हजुरआमाको पालामा प्रशस्त प्रयोग गरिएको औषधिको कोरोनाकै कारण पुनः खोजी र प्रयोग गर्ने क्रम बढेको हो । कोरोनाकालअघिसम्म फुर्सदिला देखिने औषधालयका कर्मचारी अहिले व्यस्त छन् । आफँै औषधि उत्पादनदेखि विद्यार्थीलाई योग प्रशिक्षण तथा आयुर्वेद शिक्षाका आयुर्वेद औषधालयका कर्मचारी व्यस्त भएको देखिन्छन् । नागरिकहरुमा पनि आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो । तर पछिल्लो दुई वर्षयता आयुर्वेदप्रति नागरिकको भरोसा बढ्दै गएको छ । कोरोनाकालमा गुमनाम भएको आयुर्वेद औषधि बेसार, गुर्जो, असुरो र अश्वगन्धालगायत चर्चामा रहे । सक्रिय सङ्क्रमितको समयमा कोरोनाको औषधिका रूपमा धेरैले आयुर्वेद औषधिको प्रयोगमात्रै गरेनन्, औषधिको प्रयोगले कोरोना जितेको अनुभव छ बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनको । “बाजे, हजुरबुवा, आमाले आयुर्वेद औषधिमा भर परेको हामीलाई थाहा थियो तर, हामीले अहिले विश्वास गरेका थिएनौँ”, उहाँले भन्नुभयो, “आफैँलाई कोरोना लागेपछि आयुर्वेदको प्रयोग गरियो, अहिले आयुर्वेदले विश्वास जित्दै गएको छ ।” आयुर्वेद औषधिको प्रयोग गर्ने क्रम उल्लेख्य बढेको धवलागिरि आयुर्वेद औषधालय बागलुङले जनाएको छ । कार्यालयले यस क्रममै सङ्क्रमितको हात–हातमा आयुर्वेद औषधि पु¥याउने अभियान चलाएको थियो ।

कोरोनाले गर्दा नै पुनः एकपटक आयुर्वेद चिकित्साले नागरिकको भरोसा जित्न सफल भएको औषधालयका प्रमुख डा सरोज रायले जानकारी दिनुभयो । “दैनिकरूपमा आयुर्वेद औषधि प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ, विशेषगरी कोरोनाका कारण नागरिकमा आयुर्वेद चेतनाको वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “नागरिकको बेवास्ताका कारण गुमनाम बनाइएको गुर्जो, बेसार, जेष्ठवासादी, याष्टीमधु अहिले पुनः प्रयोगमा आएका मात्रै छैनन् नागरिकले खोजी–खोजी प्रयोग गर्न थालेका छन् ।” कोरोनाले आयुर्वेद औषधिप्रतिको भरोसासमेत बढाउँदै लगेको र लोपोन्मुख जडीबुटीको समेत संरक्षणमा टेवा पु¥याउने उहाँको भनाइ छ । गुर्जो गुमनामजस्तै थियो तर कोरोनामा एकाएक चर्चामा आयो, अहिले कतिपय स्थानमा गुर्जोखेतीसमेत गर्दै आएको पाइएको छ । कोरोना सङ्क्रमित भई होमआइसोलेशनमा बसेकाले कुनै न कुनै हिसाबले आयुर्वेद औषधि तथा औषधिजन्य पदार्थ सेवन गरेको डा रायको दाबी छ । गुर्जो, टिमुर, बेसारपानी, पुदिना, बोझो, दालचिनीजस्ता आयुर्वेद औषधिको प्रयोग गरेर धेरैले कोरोनालाई जितेका थिए ।

औषधालयमा आउने नागरिकलाई आयुर्वेदिक औषधि, आहारविहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले जनाउँदै आएको छ । कोरोनाका समयमा औषधालयको सेवा नपुगेको बरेङ, काठेखोला, ताराखोला, बडिगाड गाउँपालिकामा समेत नागरिक आरोग्य सेवा केन्द्र, पालिकाको स्वास्थ्य शाखा र अस्थायी कोभिड अस्पतालमार्फत औषधि पठाई सेवा दिइएको थियो । औषधालयले उत्पादन गरेको आयुर क्वाथ, गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण, अश्वगन्धा, गुडुची अमालाकी चुर्णलगायतका सङ्क्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरेको थियो ।

(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

‘तिजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ’

जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ : गृहमन्त्री लेखक

नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल

सरकारको खर्चभन्दा आम्दानी दोब्बर

लिसाको नतिजा आज सार्वजानिक गरिने, एलजिपिएस शुभारम्भ गरिने

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal