Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
‘तनहुँसुरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्छ ’

‘तनहुँसुरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्छ ’

सुरेश सुनार

२४ फाल्गुन २०७८, मंगलवार

375
Share

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलका माध्यमबाट तनहुँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिनुपर्ने बताउनुभएको छ । व्यास नगरपालिकाद्वारा आयोजित दोस्रो व्यासनगर महिला खुला हाफ म्याराथनको आज दमौलीमा शुभारम्भ गर्दै उहाँले तनहुँसुर ऐतिहासिकस्थल भएकोले यसलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्दै आर्थिक क्षेत्रलाई सबल बनाउनुपर्छ भन्नुभयो । नगरपालिकाले खेलकुदका माध्यमबाट धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको प्रचार–प्रसार गर्दै पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । दमौलीको व्यासगुफाबाट तनहुँसुरसम्मको २१ किमी दूरीको म्याराथनमा ५० महिला सहभागी भएका छन् । व्यासगुफाबाट अनसन चौतारी, दुर्गा मन्दिर, भोर्लेटारचोक, वन कार्यालय, सफा सडक हँुदै पृथ्वी राजमार्गको तालघरे, रानीगाउँ, दरै पँधेरा, पराजुली चोक, बेलटारी, खड्गकालीमार्गको चिसापानी, अर्चलेचौर, धरमपानी, गद्धीचौतारा हँुदै व्यासनगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबार पुगेर टुगिनेछ । हरेक नयाँ वर्षको पछिल्लो अङ्कलाई पुरस्कारको राशिमा समेट्ने पराम्परालाई कायम राख्दै यस वर्ष प्रथम पुरस्कार रु ४१ हजार ७८, द्वितीय रु ३१ हजार ७८, तृतीय पुरस्कार रु २१ हजार ७८ र सान्तवना पुरस्कार पाँच जनालाई रु ११ हजार ७८ करबाहेक प्रदान गरिने आयोजकले जनाएको छ ।

(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

फागुन २१ भित्रै लुटिएका हति;यार भेटाउने र फ;रार कै;दी समात्ने गृहमन्त्रीको उद्घोष

tanahun taranga news

बेलचौतारामा दुर्घ;टनामा परेकी एक महिलाको उपचारका क्रममा मृ;त्यु

व्यास ११ रातामाटमा संञ्चालित महायज्ञमा ९७ हजार भन्दा बढी दान सङ्कलन

नारायणगढ–मुग्लिन सडक : सधैँ ढुङ्गा खस्ने त्रास

भदौमा चलचित्रसम्बन्धी तीन ‘अवार्ड’ हुँदै

नेकपाले ४५ रोपनी क्षेत्रफलमा बर्खे धान रोप्यो

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal