तनहुँकाे व्यास ११ स्थित निर्बुमा नाला निर्माणको काम गरेर घर फर्किने क्रममा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा व्यास नगरपालिका–९ निवासी ४८ बर्षीय मानबहादुर थापाको आफै चढेको ट्याक्टरले थिचेर मृत्यु भएको हो ।
लु २ त ८१३२ नम्बरको ट्याक्टर व्यास–९ पोखरेलफाँटमा खस्न गई सोही ट्याक्टरमा सवार थापाको पछाडिको टायरले किच्दा मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो।
घाइते भएका थापाको उपचारको लागि तत्कालै दमौली स्थित रत्नहरी मेमारियल अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो ।
उक्त घट्ना पश्चात ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।
