Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
पृथ्वीमान गुरुङ

संविधानप्रदत्त अधिकारको कार्यान्वयनमा जोड ः प्रदेश प्रमुख गुरुङ

सुरेश सुनार

२० फाल्गुन २०७८, शुक्रबार

367
Share

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोग नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आज आयोजित मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै उहाँले अधिकारका बारेमा विकट बस्तीका जनताले प्रत्याभूति गर्न पाउनुपर्ने बताउनुभयो । भौगोलिक विकटताका कारण जन्मसिद्ध अधिकारबाटसमेत बञ्चित दुरदराजका बासिन्दालाई मानवअधिकार रक्षकले आम जनताको घरघरमा पुगेर उनीहरुलाई सचेत गराउनुपर्ने बताउँदै उहाँले त्यसका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । कानूनप्रदत्त अधिकार बौद्धिक र सम्पन्न व्यक्तिले मात्र नभई दुर्गम ग्रामीण बस्तीसम्म उपयोग गर्नेतर्प आयोगको दृष्टि पुग्नुपर्नेमा जोड दिँदै प्रदेश प्रमुख गुरुङले मानवीय सेवा र अधिकारका हकमा सञ्चार एवं सामाजिक सञ्जाल सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका केन्द्रीय अध्यक्ष तपबहादुर मगरले आयोगबाट गरिएका सिफारिसको कार्यान्वयनमा सरकारले ढिलाइ गरिरहेको बताउनुभयो । मानवअधिकार रक्षकको सुरक्षा राज्यको दायित्व भएको उहाँले बताउनुभयो । आयोगले यस किसिमका कार्यक्रम सातवटै प्रदेशमा गरिरहेको बताउँदै कार्यक्रमबाट प्राप्त सुझावलाई प्रतिवेदनका रुपमा तयार गरी सरकारलाई सिफारिस गरिने जानकारी दिनुभयो । गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्तले प्रदेश सरकार मानवअधिकार कार्यान्वयनका लागि दृढ रहेको उल्लेख गर्दै प्रदेशलाई सडक मानवविहीन बनाउनुका साथै निःशुल्क रगतको व्यवस्थालगायतका काम गरेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, आयोगका प्रदेश प्रमुख चन्द्रकान्त चापागाईं, नेपाल बार एसोसियसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगर, शान्तिका लागि नागरिक सञ्जाल कास्कीका अध्यक्ष बीना सिलवाल, गैरसरकारी महासङ्घ नेपालका अध्यक्ष रामप्रसाद सुवेदी, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, मानवरक्षक सञ्जाल गण्डकी प्रदेशका अध्यक्ष इन्दिरा पौडेललगायतले मानव अधिकारको रक्षा गर्ने जिम्मेवारी समाजका सबै पक्ष र वर्गको रहेकामा जोड दिनुभयो ।

(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

‘तिजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ’

जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ : गृहमन्त्री लेखक

नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल

सरकारको खर्चभन्दा आम्दानी दोब्बर

लिसाको नतिजा आज सार्वजानिक गरिने, एलजिपिएस शुभारम्भ गरिने

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal